अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुवै खुट्टा नभएर पनि सगरमाथा आरोहण गर्ने हरि बुढालाई सरकारले सम्मान गरोस : ईश्वरी बुढामगर

दुवै खुट्टा नभएर पनि सगरमाथा आरोहण गर्ने हरि बुढालाई सरकारले सम्मान गरोस : ईश्वरी बुढामगर


काठमाडौं – नेकपा एमालेकी सांसद् ईश्वरी घर्ती मगरले सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई सम्मान गर्न सरकारसँग माग गर्नुभएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् घर्तीले दुवै खुट्टा नभइर पनि सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका हरिलाई सम्मान गर्न सरकारसँग माग गर्नुभयो ।

केही महिनाको प्रयासपछि सगरमाथाको सफल आरोहण गरेर सोमबार काठमाडौं आउन लागेका हरिलाई विमानस्थलमै पुगेर स्वागत गर्न उहाँले माग गर्नुभयो ।

बुढामगर जेठ ५ गते दिउँसो सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । घुँडाभन्दा माथि दुवै गोडा काटिएका बुढामगर दुवै गोडा गुमाएका सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति हो ।