काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको असफलताको दस्तावेजको रुपमा सरकारको नीति कार्यक्रम आएको बताउनुभएको छ ।
संसदको बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले राजश्व उठाउनका लागि प्रधानमन्त्रीले दातृ निकायसँग गुहार माग्नु आफैंमा लज्जास्पद भएको बताउनुभएको छ । राष्ट्रिय तथ्यांक कार्यलयले एक प्रकारको आर्थिक वृद्धिदर एकातिर देखाउने,अर्थमन्त्रीले अर्कोतिर देखाउने,प्रधानमन्त्रीले अर्कैतिर देखाउने कुनलाई पत्याउने भनेर प्रश्न गर्नुभएको छ । अध्यक्ष ओलीले आफ्नो कालमा विश्वका १० वटा द्रुत आर्थिक विकास भएका देशमा उक्लिएकोे नेपाललाई गठबन्धनले नागपासा खेले झैं ९९ वटा दुईमा झारेको बताउनुभएको छ ।






प्रतिक्रिया