काठमाडौं-नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले सहिदको सूची कुन आधारमा निकालेको भन्दै प्रश्न गर्नुभएको छ।
आफ्नो गृहजिल्लाका पूर्वमाओवादी नेता गौतम र भूजेल सहिद हो कि गद्दार हो? भन्दै सांसद बास्कोटाले प्रश्न गर्नुभएको हो।
उहाँले भन्नुभयो, ‘सरकारले झण्डै ६/७ हजार मान्छेलाई सहिदको सूची निकाल्यो। मेरो जिल्लाका पूर्वमाओवादी नेता यानप्रसाद गौतम सहिद हो कि गद्धार हो ? राजु भूजेल सहिद हो कि गद्दार हो ?’
संसदको शून्य समयमा बोल्दै बास्कोटाले भन्नुभयो, ‘यसको जवाफ चाहियो। न राज्य जिम्मा लिन्छ न तत्कालिन विद्रोही। यो कसरी निकालियो यो प्रश्न छ।’
उहाँले पहिला विद्रोहीले धराप थाप्ने भएको भएपनि अहिले सरकारले धराप थापेको पनि बताउनुभयो। उहाँले भन्नुभयो, ‘पहिला पहिला विद्रोहीले धराप थाप्थ्यो, अहिले सरकारले थाप्यो। २५१ जना मान्छेलाई घाइते बनायो धुलिखेलदेखि दिनहुँ। यसको प्रबन्ध गरोस्, या त काम गराओस्।’
प्रतिक्रिया