अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई अध्यक्ष ओलीको प्रश्न : लिपुलेक लिम्पियाधुराको खबर के छ ?

सरकारलाई अध्यक्ष ओलीको प्रश्न : लिपुलेक लिम्पियाधुराको खबर के छ ?


काठमाडौं -नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले लिपुलेक लिम्पियाधुराको जमिन फिर्ता ल्याउन कुनै पहल नगरेको बताउनुभएको छ ।
आजको सँसद बैठकमा बोल्दै अध्यक्ष ओलीले नीति तथा कार्यक्रममा यस विषयमा कुनै उल्लेख नभएकोमा आपत्ती जनाउनुभएको छ । अध्यक्ष ओलीले विभिन्न सञ्चार माध्यममा कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा भौतिक संरचना बनाइरहेको खबर आएको बताउनुभएको छ । उहाँले केही दिनमा नै हुने भारत भ्रमणका क्रममा आफ्नो भूमी फिर्ता ल्याउने विषयमा आँखा जुधाएर कुरा गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै सोध्नुभएको ‘छ लिपुलेक,लिम्पियाधुराको खबर के छ ?’