काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दातृ समुदायसमक्ष देशभित्र राजश्व संकलन गर्न कठिनाइ परिरहेको भन्दै गुनासो सुनाएकोमा आपत्ति जनाउनु भएको छ।
आज संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उहाँले राजश्व संकलन देशको आन्तरिक विषय भएको बताउनउनु भयो ।
अध्यक्ष ओली भन्नुभयो, ‘सरकार प्रमुखले दातृ समुदायसँगको ब्रिफिङमा राजश्व संकलन गर्न कठिनाइ भएको उल्लेख गर्न मिल्छ ? राजश्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ? राजश्व उठाउने अनिवार्य प्राथमिक कर्तव्य सरकारको होइन ?’
प्रतिक्रिया