काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रम फिर्ता लिन सुझाव दिनुभएको छ ।
आजको सँसद बैठकमा बोल्दै अध्यक्ष ओलीले नीति कार्यक्रमले देशका समस्यालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्नुभएको छ । ‘ पछि नीति कार्यक्रम पास भएन भनेर गुनासो गर्नुभन्दा अहिले नै फिर्ता लगेर नयाँ नीति कार्यक्रम ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिन्छु’ अध्यक्ष ओलीले भन्नुभएको छ ‘प्रमुख प्रतिपक्ष लगायत विपक्षमा रहेका पार्टीहरुले यो नीति कार्यक्रममा समर्थन जनाउन सक्दैन । ’






प्रतिक्रिया