काठमाडौं -नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भुटानी शरणार्थीका बारेमा सबभन्दा बढी जानकार आफू रहेको बताउनुभएको छ ।
शरणार्थी बसेको जिल्लाको प्रतिनिधी भएकोले यस समस्याका बारेमा आफूले विस्तृत रुपमा जानकारी भएकोे बताउनुभयो । ‘नेपाल र भुटानको पाँचौ र छैटौं बैठकमा बसेपछि मैले निष्कर्ष निकालें कि अब भुटानी शरणार्थी समस्या भुटानबाट समाधान हुदैन भन्ने निष्र्कष निकालें’ अध्यक्ष ओलीले भन्नुभयो ।
सन् २००६ मा आफू उपप्रधानमन्त्री र परराष्ट्र मन्त्री भएका बेला संयुक्त राष्ट्रसंघको महासभामा आफूले शरणार्थी समस्या पहिलो पटक राखेको बताउनुभयो । त्यहाँका राष्ट्रपति जर्ज डब्लु बुसले दिएको डिनरमा पनि शरणार्थी समस्याका बारेमा आफूले कुरा राखेको बताउनुभयो । ‘तपाईंहरु डिभि भरेर त ल्याउदै हुनुहुन्छ भने शरणार्थीलाई ल्याए हुदैन भनेर मैले भने’ अध्यक्ष ओलीले भन्नुभयो ‘त्यहाँका विदेशमन्त्री कण्डोलिजा राईससँग राखें । त्यसमा उनीहरु सकारात्मक भए ।’
त्यसको दुई वर्षपछि सन् २००८ बाट भुटानी शरणार्थीको पुनर्वास कार्यक्रम सुरु भएको अध्यक्ष ओलीले बताउनुभयो ।






प्रतिक्रिया