अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश चलाउन सक्षम नेतृत्व चाहिन्छ: महासचिव पोखरेल

देश चलाउन सक्षम नेतृत्व चाहिन्छ: महासचिव पोखरेल


देउखुरी – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देश चलाउन सक्षम नेतृत्व चाहिने बताउनुभएको छ। चर्चाले मात्र मुलुक नबन्ने उल्लेख गर्दै उहाँले यसका लागि राजनीतिक विचार र नेतृत्व चाहिने बताउनुभयो।

प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय समस्या सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा सामाजिक, सांस्कृतिक र आर्थिक विषय ओझेलमा पारेको छ। बढ्दो आर्थिक सङ्कट, सांस्कृतिक हस्तक्षेप र सामाजिक विचलनका मुद्दालाई सरकारले ल्याएको नीति कार्यक्रमले छुन सकेको छैन।’

राजनीतिक अस्थिरता र सामाजिक अराजकतामाथि विजय हासिल गर्नेगरी कार्यक्रम आउनुपर्ने उहाँको भनाइ छ। ‘मुलुकमा आर्थिक मन्दीको अवस्था छ । व्यवसाय ठप्प छ । वित्तीय सङ्कट छ। नीति तथा कार्यक्रमले आशा जगाउन सकेन’, महासचिव पोखरेलले भन्नुभयो। मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्न राजनीतिक धुव्रीकरण आवश्यक भएको उहाँको भनाइ छ।