अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली भुटानी प्रकरणको पर्दाफास आफैं भएको हो सरकारले गरेको होइन : अध्यक्ष ओली

नक्कली भुटानी प्रकरणको पर्दाफास आफैं भएको हो सरकारले गरेको होइन : अध्यक्ष ओली


काठमाडौं -नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दोष फसाउने काम भइरहेको बताउनुएको छ ।
संसदमा आज बोल्दै अध्यक्ष ओलीले ९सय ७५ जनाबाट पैसा उठाउनु चानचुने कुरा नभएको उल्लेख गर्नुभएको छ । ‘गृहमन्त्री यो प्रकरण मैले बढांए भनेर भन्दै हिड्नुहुन्छ’ ओलीले भन्नुभयो ‘यो कसैले गरेको होइन । यो आफैं विस्फोट भएर बाहिर आएको हो ।’ यो प्रकरणलाई कतै छोप्ने र कतै कुनै पद खाली गराउने गरी षडयन्त्र भइरहेको थाहा भएको बताउदै ‘आगो छोप्न सकिने तर धुँवा छोप्न नसकिने’ अध्यक्ष ओलीको भनाइ छ ।
४ सय २९ जना छुट शरणार्थीको प्रतिवेदनलाई ९ सय ७५ जना भनेर कसले फेर्यो त्यो खोज्नु पर्ने अध्यक्ष ओलीको भनाइ छ । १ हजार जना शरणार्थीको नाम छुटेकोमा त्यसलाई नै आधार मानेर गिरोहले ९ सय ७५ जनाको नाम थपेको बताउनुभयो । यस प्रकरणको जरोसम्म पुगेर सत्यतथ्य छानविन गर्न एमाले सधैं सहयोगी हुने बताउनुभएको छ ।
‘सरकारले छानविन गरेको भए गतवर्ष एकदुई जना मानिस समाएर किन सट्याक सुटुक छोडेको हो ?’अध्यक्ष ओलीले भन्नुभयो ‘त्यती बेला पनि तपाईंहरुकै सरकार थियो त्यसको जवाफ दिनु पर्दैन ?’