काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताउनुभएको छ।
आज प्रतिनिधि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले संघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताउनुभएको हो ।
उहाँले नेपालमा संघीयता बिरुद्धको जनमत तयार भइरहेको पनि बताउनु भयो । उहाँले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने खतरा रहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुनुपर्ने पनि बताउनु भयो । उहाँले कालापानीबाट भारतिय सेना हटाउने कुरा पनि नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताउनु भयो ।
प्रतिक्रिया