अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीका नवनियुक्त मन्त्रीद्वारा शपथ

बागमतीका नवनियुक्त मन्त्रीद्वारा शपथ


काठमाडौं – बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले सपथग्रहण गर्नुभएको छ।  

नवनियुक्त ६ जना मन्त्रीहरूले आज सपथग्रहण गर्नुभएको हो। उहाँहरूलाई बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नेपाली कांग्रेसबाट चार र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्रीलाई सपथ खुवाउनु भएको हो।

नेपाली कांग्रेसका पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र मसिना खड्का वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् भने कांग्रेसका रामकृष्ण चित्रकार विना विभागीय मन्त्रीको जिम्मेवारी पाएका छन्।

त्यस्तै एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका हुन्।