अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका ०५१ सालका नारा कपी गरेर ल्याएको सरकारको नीति कार्यक्रम अर्थहिन: देवेन्द्र दाहाल

एमालेका ०५१ सालका नारा कपी गरेर ल्याएको सरकारको नीति कार्यक्रम अर्थहिन: देवेन्द्र दाहाल


काठमाडौं-नेकपा एमाले राष्ट्रियसभामा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारको नीति तथा कार्यक्रम गतिविहीन दस्तावेज भएको बताउनु भएको छ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे राष्ट्रिय सभाको आजको बैठकमा उहाँले कुनैपनि नयाँ कुरा नभएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘यो नीति तथा कार्यक्रममा के नयाँ कुरा छ भनेर खोजी गरें। तर पहिलाकै पुराना कुरा राखेर केही नयाँ नाराको फ्लेबर दिएर ल्याएको पाएँ। केही नाराहरु चाहिं नसुहाउने खालका र अर्थहिन रहेछन्।’

नेकपा एमालेको सरकारले २०५१ मा ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने नारा ल्याएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘त्यो बेला गाउँ विकास समितिलाई ३ लाख पैसा दिइयो। ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्दै जनतालाई आवहान गर्‍यौं। जनता उत्साहित भए। सरकारले प्रोत्साहन स्वरुप पैसा दियो। ३ लाखदेखि २७ लाख सम्म काम भएको मैले देखेको छु।’

सरकारले ल्याएको नीति कार्यक्रमका नारामा दम नभएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘आफ्नो स्कूल आफैं बनाऔं भन्नु कुन ठूलो कुरा हो र रु आफ्नो स्कूल आफैं बनाऔं भन्नका लागि हरेक स्कूललाई रकम दिएको हुनु प¥यो नि !’

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट नेकपा एमालेले ल्याएका लोकप्रिय कार्यक्रम हटाइएको उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री कृषि आधुनिकरण र प्रधानमन्त्री रोजगार  कार्यक्रम बजेट सहित ल्याएको थियो। युवाहरुलाई रोजगार दिने। सरकारले रोजगारी दिन सक्दैन भने कम्तिमा १०० दिनको युवाहरुलाई रोजगारीको ग्यारेन्टी गर्ने । काम दिने अनि ज्याला दिने ।’