अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नीति तथा कार्यक्रम टालाटुली बाटुली, कति राम्री पुतलीजस्तै: सूर्य थापा

नीति तथा कार्यक्रम टालाटुली बाटुली, कति राम्री पुतलीजस्तै: सूर्य थापा


काठमाडौं – नेकपा एमालेका सांसद सूर्य थापाले सरकारले ल्याएको नीति तथा कार्यक्रम ‘टालाटुली बाटुली, कति राम्री पुतली’ जस्तो भएको बताउनु भएको छ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बसेको संसद् बैठकमा उहाँले ९ वटा पार्टीको नवरंगी खिचडी भएको बताउनु भयो ।

९ दलको गठबन्धनबाट बनेको सरकारले नवरंगी सारसंग्रह जोडेर खिचडी बनाउन खोजे जस्तै नीति तथा कार्यक्रम ल्याइएको उहाँले बताउनु भयो।

उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रम अन्योलमा छ, द्विविधाग्रस्त र समस्याग्रस्त छ। यसमा लय छैन, सुर छैन, ताल छैन।’

सरकारको नीति तथा कार्यक्रमलाई उहाँले केही नमिलेको लिखत मात्रै भएको पनि बताउनु भयो। उहाँले भन्नुभयो, ‘जस्तो गठबन्धन, त्यस्तै नीति, त्यस्तै सरकार र त्यहीस्वरुपको लिखत आएको छ। यसले आजको नेपाली समाजलाई आत्मविश्वासपूर्वक नेतृत्व गरेर अघि बढाउन सक्दैन।’

सरकारमा सहभागी दलले आफ्नै निर्वाचन घोषणा पत्र र संयुक्त नीति तथा कार्यक्रमको प्रतिवद्धता पनि बिर्सिएर नीति तथा कार्यक्रम ल्याएको उहाँले बताउनु भयो ।