विराटनगर – कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई पद तथा गोपनीयताको शपथ गराउनु भयो ।
शपथ ग्रहण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले कोरोनाको असरको रुपमा आएको आर्थिक सङ्कुचनको अवस्थालाई ध्यानमा राखेर आगामी योजनाहरु तयार गर्न आयोगले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
मुख्यमन्त्री कार्कीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई साकार बनाउन उपाध्यक्ष उप्रेतीको भूमिका प्रभाकारी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै नवनियुक्त उपाध्यक्ष डिल्लीराम उप्रेतीले स्थानीय स्रोत साधान र स्थानीय अर्थतन्त्रको व्यवस्थापन गर्दै योजनाहरु निर्माण गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा जोड दिने बताउनुभयो।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो।
महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्राध्यापन गर्दै आउनुभएका उप्रेती त्रिभुवन विश्व विद्यालयको पूर्व राजिष्ट्रार हुनुहुन्छ । शपथ ग्रहण समारोहमा कोशी प्रदेश सरकारका मन्त्री, सभासदलगायत प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।







प्रतिक्रिया