अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङमा हिमपहिरो: तीन जना बेपत्ता, दुई घाइते

बझाङमा हिमपहिरो: तीन जना बेपत्ता, दुई घाइते


बझाङ – बझाङमा हिमपहिरोमा परी तीनजना बेपत्ता भएका छन् भने दुई जना घाइते छन्।

आज बिहान सुर्मा गाउँपालिका-२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीनजना बेपत्ता र दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

हिमपहिरोमा पुरिएर तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली गइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिनुभयो । तर, घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उहाँले बताउनु भयो।

उहाँकाअनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ। हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन। उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको बुझिएको प्रहरीले जानकारी दिएको हो।