अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको नीति तथा कार्यक्रम गन्तव्यहीन छ: एकनाथ ढकाल

सरकारको नीति तथा कार्यक्रम गन्तव्यहीन छ: एकनाथ ढकाल


काठमाडाैं – नेकपा एमालेका सांसद् एकनाथ ढकालले सरकारकाे नीति तथा कार्यक्रम गन्तव्यहीन भएकाे बताउनुभएकाे छ।

आज बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथि संशाेधन प्रस्ताव पेस गर्दै सांसद् ढकालले नीति तथा कार्यक्रम सतही भएकाे बताउनुभयाे।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमकाे स्पष्ट प्राथमिकता र निश्चित गन्तव्य केही नभएकाे उहाँले बताउनुभयाे।

विनियाेजन विधेयकका सिद्धान्त र प्राथमिकतासँग नीति तथा कार्यक्रम मेल नखाने भन्दै सांसद् ढकालले याे विराेधाभासपूर्ण भएकाे बताउनुभयाे । 

नीति तथा कार्यक्रमकाे लक्ष्य सरकारी खर्चमा मितव्ययिता र विकास खर्चमा वृद्धि भन्ने रहेकाे तर ठीक उल्टाे सरकारी खर्चमा वृद्धि, विकास खर्चमा मितव्ययिता भन्ने निष्कर्षमा आफू पुगेकाे उहाँले बताउनुभयाे।

केपी शर्मा ओली नेतृत्वकाे सरकारले थालेका सबै जनपक्षीय तथा राष्ट्रपक्षीय नीति तथा कार्यक्रमलाई खारेज गर्नु राष्ट्र र जनताप्रतिकाे अन्याय हाे, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम खाेइ ? राष्ट्रपति महिला उत्थान कार्यक्रम खाेइ ? जनता आवास, जनताकाे तटबन्धन कार्यक्रम किन हटाइयाे?

नेपाललाई शान्ति क्षेत्र घाेषणा गर्न सांसद् ढकालले माग गर्नुभयाे। नीति तथा कार्यक्रम सामाजिक, राजनीतिक र आर्थिक चुनाैतीकाे पहिचान र समाधान गर्नतर्फ असफल उन्मुख रहेकाे उहाँले बताउनुभयाे ।

सरकारले गलत विवरण प्रस्तुत गरेर जनतालाई भ्रममा पारेकाे बताउँदै सांसद् ढकालले भन्नुभयाे, ‘चालु खर्च धान्ने ऋण लिनुपर्ने अवस्था छ, अर्थतन्त्र ओरालाे लागेकाे छ, आर्थिक वृद्धि न्यून हुनु र मूल्य वृद्ध उच्च हुनु आफैंमा नेपाली अर्थतन्त्रकाे चुनाैती हाे, तर आर्थिक लगायत सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएकाे छ भनेर सरकारले मिथ्या विवरण प्रस्तुत गरेकाे छ।’

विगतका राम्रा कामलाई निरन्तरता दिनुपर्नेमा सरकारले जनप्रिय र राष्ट्रपक्षीय कार्यक्रम काटेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । उहाँले भन्नुभयो, ‘केपी शर्मा ओली नेतृत्वकाे सरकारले थालेका सबै जनपक्षीय तथा राष्ट्रपक्षीय नीति तथा कार्यक्रमलाई खारेज गर्नु राष्ट्र र जनताप्रतिकाे अन्याय हाे, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम खाेइ ? राष्ट्रपति महिला उत्थान कार्यक्रम खाेइ ? जनता आवास, जनताकाे तटबन्धन कार्यक्रम किन हटाइयाे ?’