अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रको हितको लागि काम गरे एमालेले सरकारलाई समर्थन गर्छ: गोकुल बाँस्कोटा

राष्ट्रको हितको लागि काम गरे एमालेले सरकारलाई समर्थन गर्छ: गोकुल बाँस्कोटा


काठमाडौं-नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले सत्ता टिकाउन मात्र समीकरण गरेका टिप्पणी गर्नुभएको छ।

आज संसदको बैठक पश्चात पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले प्रधानमन्त्री खुट्टा कमाएर बसेको कारणले नै नेपालको हितमा काम गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कारबाही गर्न हामीले अवरुद्ध गरेकै छैन। गर्नु भनेकै छौं। त्यो त सरकारले गर्नसक्नु पर्‍यो नि ! तथ्यका आधारमा सत्य स्थापित गर्यो जो कसैलाई कारबाही गर्‍यो। आग्रहको कुराको के अर्थ छर यो देशमा। हाम्रो मनमा केही छैन। हाम्रो साथ छ, धाप छ ,समर्थन छ, वाईवाई छ, भन्या हो नि। सत्ता टिकाउन मात्र समीकरण हुन्छ भने यस्तो समीकरणको के काम लाग्यो र ?
उहाँले एमालेले जवाफदेहितासहितको लोकतन्त्र अपनाएको र मुलुकको हितको लागि काम गरेको बताउनु भयो।

राष्ट्रको हितको लागि काम गरे एमालेले सरकारलाई समर्थन गर्ने उहाँको भनाइ छ। उहाँले भारत भ्रमणमा जान लागेकोमा आफुहरुलाई कुनै आपत्ति नभएको तर त्यहाँ गएर देशको आवाज बोलेस भन्ने मात्र आफूहरुको चाहना भएको बताउनु भयो।