काठमाडौँ-नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुमाथिको अनुसन्धान प्रतिवेदन आज बुझाइँदैछ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौँले सो प्रकरणमा पक्राउ परेका माथि गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा हालसम्म ३२ जना संलग्न रहेको प्रहरीको निष्कर्ष रहेको छ ।
सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिनादेखि जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ । हिजै बुझाउने भनिए पनि कागजात अपुग भएपछि आज बुझाउन लागिइएको हो ।






प्रतिक्रिया