काठमाडौँ-आज राष्ट्रियसभा बैठक बस्दैछ । बैठक संघीय संसद् भवन बानेश्वरमा आज दिउँसो १ बस्ने भएको हो ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएको थियो ।






प्रतिक्रिया