अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासचिव पोखरेलको प्रश्न-उद्देश्य विहीन पपुलिस्ट र छोएरै उपचार गर्छु भन्ने सिमान्तगुरुमा के अन्तर भयो र ?

महासचिव पोखरेलको प्रश्न-उद्देश्य विहीन पपुलिस्ट र छोएरै उपचार गर्छु भन्ने सिमान्तगुरुमा के अन्तर भयो र ?


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्देश्य विहीन पपुलिस्ट कुरागर्नेहरु र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सिमान्तगुरुमा के अन्तर छ भनेर प्रश्न गर्नुभएको छ । आज बिहान सामाजिक सञ्जालमा लेख्दै उहाँले दुवैथरीले जनताको निराशको लाभ लिन खोजिरहेका टिप्पणी गर्नुभएको हो । 

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद् प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि हिजो आफ्नो धारण राख्दै एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा समर्थन गर्न नसक्ने बताउनुभएको थियो । त्यसको सत्ता पक्षका नेताहरुले नीति तथा कार्यक्रममा ओलीले आफ्नो कुण्ठा र आक्रोश पोखेको आरोप लगाएका थिए । 

त्यसको जवाफमा महासचिव पोखरेलले नीति तथा कार्यक्रममा विपक्ष दलका नेता तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्ने जमातले नबोलीकन राष्ट्रलाई डुबाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रक्रियाको दुहाई दिने प्रचण्डको पैरवी गर्नु कुनै अनौठो नभएको टिप्पणी गर्नुभएको हो । 

‘पुरानो होइन नयाँ भनेर नीति विहीन, उद्देश्यविहीन पपुलिस्ट पोलिटिक्स गर्नेहरूले ठिक र बेठिक छुट्ट्याउने द्वन्द्वात्मक चेतनाबाट समाजलाई विमुख बनाइरहेका छन्’, महासचिव पोखरेलले लेख्नुभएको छ, ‘यसरी उद्देश्य विहीन पपुलिस्ट कुरागर्नेहरु र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सिमान्तगुरुमा के अन्तर भयो र ? दुवैथरी जनताको निराशको लाभ लिन खोजिरहेका छन् ।’ 

उहाँले यस्तो अवस्थामा सत्यलाई स्थापित गर्न कठिन भयो भनेर सत्यको मार्ग छोड्न नहुने उल्लेख गर्नुभएको छ ।   ।