अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो

 सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो


काठमाडौँ-आज सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य सूची तय गर्दै सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको जनाएको हो । 

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । हिजो पनि यही मूल्यमा सुन कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो यसको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम थियो ।