काठमाडौं – मदन भण्डारी देशको कायापलट गर्न चाहनुहुन्थ्यो। उहाँ देशलाई कङिक्रटको जंगल मात्र होइन धार्मिक तथा सांस्कृतिक सुगन्धित तथा सुरम्य राष्ट्र बनाउने ध्याउन्नमा हुनुहुन्थ्यो। रूप र सार सौन्दर्ययुक्त देश मदनकोे ध्येय थियो । मदन अग्रगामी साहित्य र शिक्षालाई मानिसका मनको मैलो धुने साबुन मान्नुहुन्थ्यो । उहाँ पठन संस्कृतिलाई सघन बनाउन कटिबद्ध हुनुहुन्थ्यो। र, यसै माध्यमबाट मानिसको आभ्यन्तरिक शुद्धीकरण गर्न समुत्सुक हुनुहुन्थ्यो तर अहिले नेतृत्वमा र पार्टीमा अपठन संस्कार झाँगिएको छ।
मदनले सांस्कृतिक रूपान्तरणलाई उच्च प्राथमिता दिनु भएको थियो। नेपालका सबै सनातन धार्मिक सांस्कृतिक संस्कारलाई संरक्षण र सम्बर्धन गर्ने नीति उहाँले लिनु भएको थियो । मदन ‘सर्वे भवन्तु सुखिनः’ आधारित राजनीतिलाई मूल आधार मान्नुहुन्थ्यो । यो विषय अहिले शून्य प्रायः देखिन्छ।
मदनले जबज मार्फत् देशलाई गुणात्मक रूपान्तरण गर्ने महान् उद्धेश्य लिनु भएको थियो । तर अहिले धेरैजसो नेताहरू संसदीय भासमा भासिनमै रमाइरहेका छन्। तिनीहरू जबजले निर्देश गरेको नेपाली विशेषताको समाजवाद बारे अनभिज्ञ छन्। सप्तकोसीको पानीमा अनन्त विद्युतीय ऊर्जा छ भन्ने नदेख्नेहरू कोसीको जलभण्डारलाई मलमूत्र सफा गर्ने पानी मात्र ठानिरहेका छन् ।
सामन्तवादी आचार र आचरणका विपक्षमा अडिग हुनुहुन्थ्यो मदन। उहाँ जन संस्कृतिका अदप र आदतमा पार्टी र नेतालाई राख्न खोज्नुहुन्थ्यो । नेताका कमजोरीलाई तत्काल सच्याउने उपाय उहाँ सुझाउनु हुन्थ्यो।
भण्डारीे पार्टीलाई प्रतिभाको फूलबारी बनाउन चाहनुहुन्थ्यो। निश्चित मापदण्डका आधारमा योग्य स्थानमा योग्यलाई स्थापित गर्ने उहाँको अडान हुन्थ्यो । मदन भण्डारीको अवसान पश्चात पार्टी काँडाघारीमा परिणत भइरहेको थियो । केपी शर्मा ओलीको आगमनपछि धन्धुकारीलाई समेत तह लगाएर पार्टी मसानघारी हुनबाट बचाउन सकिएको हो । अझै पनि एमालेप्रति भित्री र बाहिरी तर्फबाट हुनसक्ने षडयन्त्रप्रति पार्टी अत्यन्त सचेत हुनुपर्छ । कतै टोप र टोपाहरू जन्मिँदैछन् कि होसियार हुनुपर्छ । विषाक्त रूपमा विद्यमान रोगले केही न केही प्राणघातक कीटाणु फैलाएकै हुन्छ । यस्ता भाइरस यस लेखकले आफ्नै नगरमा एक होइन चार–चार देखेको छ।
मदनले विश्वबाटै पलायन भएको कम्युनिस्ट आन्दोलनको झण्डा अचम्मसित नेपालमा फहराइदिनु भयो । यसको फाइदा लिने कतिपय उग्रवादी बैगुनी कम्युनिस्टहरू एमाले र जबजलाई सदा सरापिरहन्छन्।
माकुने कालको कुरूप तथा भद्दा प्रवृत्ति सुनसरी लगायत जिल्लामा सशक्त रूपमा विद्यमान छ । वनारसमा अध्ययन गर्दाताका देश र दुनियाँको भलो गर्ने अठोटको मानिसमा दस विशेषता हुनुपर्छ भन्नुहुन्थ्यो मदन । तर अहिले दुई विशेषता भएको नेता पाउन मुश्किल देखिन्छ । भण्डारी आर्थिक र नैतिक मामिलामा निष्कलङ्क हुनुहुन्थ्यो । उहाँले आफ्नै भाइलाई आफ्नै पार्टीका कुनै नेता र मन्त्रीको सिफारिसमा विदेश पढ्न जाने कुराको घोर विरोध गर्नु हुन्थ्यो तर अहिले धेरैजसो नेता आफन्त मात्रै पोस्न उद्यत देखिन्छन् ।
भण्डारी नेता र कार्यकर्तालाई सिर्जनशील र रचनाशील हुन सदा उत्प्रेरित गर्नुहुन्थ्यो। भूमिगत कालमा पार्टी बैठकपछि कवि गोष्ठी गराउनुहुन्थ्यो। अहिले त कविता सुन्नुपर्ला भनेर कान थुन्ने नेता धेरै देखिन्छन्।
भण्डारी आन्दोलनका बहुआयाम समेटेर पार्टी प्रभाव व्यापक बनाउन चाहनुहुन्थ्यो। अशोक राईका अनुसार मदन पार्टीमा जति पदीय रूपमा उपल्लो तहमा पुग्नु हुन्थ्यो त्यति नै अध्ययनमा निर्लिप्त भएर लाग्नु हुन्थ्यो तर अहिले त जति माथि माथि उति तलतल अध्ययन देखिन्छ । पार्टीको नेतृत्वमा रहेका धेरै प्रतिशत नेताको पठन संस्कृति शून्यतिर झर्दै गएको स्थिति छ। यो कुरा नेताका अत्यन्त सतही भाषणबाट अवगत हुन्छ। मदन भूमिगत कालमा जुन आश्रय स्थल र घरमा जान्नुहुन्थ्यो र बस्नुहुन्थ्यो । त्यहाँ सबै उमेर र समूहका महिला र पुरूषलाई आत्मीय व्यवहारका साथ वैचारिक र बौद्धिक रूपमा जागृत गर्नुहुन्थ्यो। अहिले त जनमैत्री पार्टीमा दिउँसै राँको बालेर खोज्नु पर्ने अवस्था छ । एक मुस्कानले हजार मुस्कान पाउन सकिन्छ भन्ने नै धेरै नेतालाई थाहा छैन।
मदन जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नुपर्छ भन्ने मदन अहिले एक्ला जस्तै हुनुभएको छ।
मदन जबजमा राम्रो काम राम्रै तरिकाले सम्पन्न गर्नु पर्छ भन्नुहुन्थो , तर अहिले त ठ्याक्कै उल्टा स्थिति देखिन्छ। उहाँ पार्टी भित्रका जटिलतम अन्तर्विरोध समाधान गर्ने सामथ्र्य राख्नुहुन्थ्यो। आफूले ठीक ठहर गरेका सही सत्य कुरामा एक्लै भए पनि मदन दृढ अडान राख्नुहुन्थ्यो र त्यसलाई सम्झाइबुझाइ गरी लागू गर्ने गराउने क्षमता राख्नुहुन्थ्यो। भूमिगत बैठकमा जनपक्षीय पञ्च भएर पञ्चायतलाई अन्तध्र्वंश गर्नुपर्छ भन्दा मदन एक्लो हुनुभए पनि उहाँले पञ्चायतको भुँडीमा पसेर त्यहीबाट लात्तले हानेर अन्तध्र्वंश गर्नुपर्छ भन्दा धेरै जसो सहमत भए। सबै सहमत भएका भए अन्तध्र्वंशको अभियान सर्वाधिक सफल बनाउन सकिन्थ्यो,अररा,अरिमठे र अब्ढेरा नेता र कार्यकर्ताले बाधा गरे। परिणामले यस कुरालाई पूर्ण रूपमा पुष्टि ग¥यो।
आम श्रमजीवी जनतालाई व्यापक मात्रामा पार्टी वरिपरि गोलबन्द गर्नुपर्छ । अनि मात्र कम्युनिस्टको शक्ति बलशाली हुन्छ।
मदनले विश्वबाटै पलायन भएको कम्युनिस्ट आन्दोलनको झण्डा अचम्मसित नेपालमा फहराइदिनु भयो। यसको फाइदा लिने कतिपय उग्रवादी बैगुनी कम्युनिस्टहरू एमाले र जबजलाई सदा सरापिरहन्छन्। पुष्पलालको संयुक्त जनआन्दोलनको नीति समयमै नुबझेर तीस वर्ष अलमलिने घुच्चुकमा बुद्धि भएका कथित कम्युनिस्ट नेता र बुद्धिजीवीको दरिद्र सोच अचम्मको रहेको छ।
मदनले जबज मार्फत् माक्र्सवादको पुनः सृजना गर्नुभयो। अरूहरू जडसूत्रकै घँटेसीमा बेरिएर .घिटीघिटी गरेर मृत्यु पर्खिरहेका छन्।
माक्र्सले श्रमिक वर्गले आफ्नो मुक्ति आफैँले जितेर प्राप्त गर्नुपर्छ भन्नु भएको थियो। यसको मूल आशय भुईँ तहबाट आन्दोलन उठाउनु पर्छ, पार्टी र केही नेताले माथिबाट आन्दोलन र संघर्ष थोपर्नु हुँदैन भनेको हो । मदन आन्दोलनमा सुँडेनीको भूमिका मात्र पार्टी र नेतृत्वले निर्वाह गर्नुपर्छ भन्नुहुन्थ्यो । नत्र जोरजवर्जस्ती गर्दा आमा र सन्तान दुवैको अवसान हुन्छ भन्न्ो माक्र्सवादी सोचमा मदन प्रतिबद्ध हुनुहुन्थ्यो तर बाम उग्रवादले सर्वनासी र सत्यानाशी मार्ग अपनाएर अपार जनधनको क्षति त ग¥यो ग¥यो,कम्युनिस्ट आन्दोलनकै बदनाम ग¥यो ।
बलियो जग बिना बन्दिलो घर बन्दैन । ९५ प्रतिशत शोषितपीडित आम श्रमजीवी जनतालाई सचेत र संगठित गरेर मात्र तिनीहरूको स्वैच्छिक साथ र हात लिएर मात्र सघर्ष सफल हुन्छ यही नै कार्लमाक्र्सले भन्न खोजेको गुदी कुरा हो। त्यसैले जनताले आफैले जितेर मुक्ति प्राप्त गर्नुपर्छ भन्नु भएको थियो।
आम श्रमजीवी जनतालाई व्यापक मात्रामा पार्टी वरिपरि गोलबन्द गर्नुपर्छ । अनि मात्र कम्युनिस्टको शक्ति बलशाली हुन्छ। यही कुरालाई मध्य नजर गरेर मदनले हामी मुक्तिदाता होइनौँ, मुक्ति चाहने स्वयं जनता नै हुन् भन्नु भएको हो।
मदनले नेतृत्व र अधिनायत्व बारेका भ्रम हटाइदिनु भयो । नत्र कम्युनिस्टहरू सार कुरा बुझ्दै नबुझी सगौरव आफूलाई अधिनायकवादी हौँ भनेर छाती ठोकेर कुर्लन्थे । मदनले अधिनायकत्व राज्यको चरित्र हो भन्ने कुरा सुस्पष्ट पारिदिनु भयो। ९५ प्रतिशत जनताको हक हित र समृद्धिको लक्ष्य लिएका वा पूर्ण लोकतन्त्र पक्षधर कम्युनिस्ट पार्टीले आफूलाई अधिनायकवादी वा निरङ्कुश भन्नु अत्यन्त लज्जाजनक कुरा हो । मदनले उपर्युक्त खालका तमाम अलमल र भ्रमलाई समाप्तै पारिदिनु् भयो। भण्डारी व्यक्तिवादी,परिवारवादी र घरानावादी सुखी,सक्षम र समृद्ध बनाउने पुँजिवादी प्रतिस्पर्धाका विरूद्ध हुनुहुन्थ्यो मदन। उहाँ आम श्रमजीवी जनतालाई समान अवसर दिएर सबै सुखी बन्ने र बनाउने समाजवादी प्रतिस्पर्धाका पक्षधर हुनुहुन्थ्यो। मदनले जबजमा विकेन्द्रित आर्थिक र औद्योगिक नीतिका माध्यमबाट विकासको प्रतिफल ग्रामीण जनता समक्ष पु¥याउने नीति लिनु भएको थियो । यो चाहिँ वास्तविक र सही संघीयता थियो तर यो कुरा बेलैमा नेताले नै नबुझेपछि बाङ्गियता मौलायो।
सारमा जनता नै देश हो भने तिनको समग्र उत्थान नै देशको विकास र समृद्धि हो। जबजको सार तत्व यही हो। तर सही सिद्धान्त भए पनि यसलाई सिरानी हाली सुतियो भने देश कहिल्यै बन्दैन। त्यसैले जननेता मदन भण्डारी उहाँको अगुवाइमा प्रतिपादित जबज क्रमशः एक्लिँदै गरेको अनुभूत हुन्छ।
प्रतिक्रिया