अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

योगेशको देवेन्द्र पौडेललाई प्रतिप्रश्न : डेकेन्द्र थापाको हत्या बन मान्छेले गरेको हो महोदय ?

योगेशको देवेन्द्र पौडेललाई प्रतिप्रश्न : डेकेन्द्र थापाको हत्या बन मान्छेले गरेको हो महोदय ?


काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा आफूले काँग्रेसलाई जनयुद्ध स्विकारेको हो भनेर सोधेको प्रश्नमा माओवादीले उत्तर दिएको आपत्ती जनाउनुभएको छ ।
भट्टराईले सोधेको प्रश्नमा नेकपा माओवादी केन्द्रमा देवेन्द्र पौडेलले जवाफ दिनुभएको थियो । तर भट्टराईले माओवादीले गरेका ११ वटा जघन्य अपराधहरु उठाएर आँखा जुधाएर बहस गर्न आउन चुनौती दिनुभएको छ । नेपालको संविधान शेयर गर्दै भट्टराईले लेख्नु भएको छ ‘आँखा जुधाएर मात्र होइन मित्र,तपाईंहरुका कारण ज्यान जोखिममा रहेको बेला पनि छाती पिटेर बहस गरेका हौं ।’
भट्टराईले माओवादीलाई गुडिरहेको गाडीमा आगो लगाएर बालिका काजोल खातुनको निर्दयतापूर्वक हत्या मान्छेले गरेको हो ?भनेर सोध्नु भएको छ । यसैगरी स्वतन्त्रतापूर्वक कलम चलाउने पत्रकार डेकेन्द्र थापा वीरेन्द्र साह,ज्ञोनन्द्र खड्का लगायत दजर्नौं पत्रकारको हत्या बनमान्छेले गरेको हो त महोदय ?
योगेशले माओवादीलाई सोधेका अन्य सवालहरु यस्ता छन् –

१. गुडीरहेको गाडीमा आगो लगाएर बालिका काजोल खातुनको निर्दयतापुर्बक हत्या मान्छेले गरेको हो ?
२.स्कुलमा पढाईरहेका शिक्षक लमजुङका मुक्तिनाथ अधिकारी, ओखलढुङ्गाका गुरुप्रसाद लुइटेल, स्याङ्जाका गुप्तबहादुर बिक र म्याग्दीका मणीलाल शर्मालाई कक्षा कोठाबाट घिसारेर शरीरका दर्जनौ ठाउँमा किला ठोकी ठोकी हत्या गर्नेकाम मान्छेले नै गरेको हो त ?
३.घरमा सुतिरहेका बुद्धिमान पाख्रिनलाई ओछ्यानबाटै घिसारेर सँबेदनशील अंगमा किला ठोकी ठोकी हत्या मान्छेले गर्न सक्छ ?
४.स्वतन्त्रता पुर्वक कमल चलाऊने पत्रकार डेकेन्द्र थापा, विरेन्द्र शाह, ज्ञानेन्द्र खड्का लगायतका दर्जनौ पत्रकारको हत्या बनमान्छेले गरेको हो त महोदय ?
५.यदु गौतम, कृष्ण सापकोटा, नबराज सुबेदी, तिलक पाण्डे, रामहरी श्रेष्ठको हत्या मान्छेले गर्न सक्छ ?
६.हारजङमा घरभित्र सुतिरहेका मानिसहरुलाई आगो लगाएर जिउंदै जलाएर मर्नेकाम के मान्छेले गर्नसक्छ ?
८.यि केही नमुना घट्ना मात्र हुन । लेख्दै जाने हो भने ठुलै ठेली नै बन्छ ।
९.संबिधान निर्माणको समयमा ” जनयुद्ध”, बहुलबाद लगायतमा भएका बहसको स्मरणहोस ।
१०.संबिधानले के भन्छ त्यो पनि हेरौ ।
११.सरकारको निती तथा कार्यक्रम राष्ट्रको आधिकारिक दस्ताबेज हो जो संबिधान सम्मत हुनु पर्छ ।
१२.पार्टीको दस्तावेजमा के लेख्ने त्यो सम्बन्धित पार्टीको कुरा हो तर सरकारी दस्तावेजमा सार्वजनिक चासो हुन्छ ।