अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भुटानी शरणार्थी प्रकरण: प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो

भुटानी शरणार्थी प्रकरण: प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो


काठमाडौं – प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई महीना लामो अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ।

आज जिल्ला प्रहरी परिसर काठमाडौंकाे टाेलीले आरोपपत्रसहितको प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिनुभयो।

प्रहरीले पक्राउ परेका १६ जनासहित ३२ जनाविरुद्ध २७ करोड बिगोसहित जरिबाना गर्नुपर्ने उल्लेख गर्दै प्रतिवेदन तयार पारेको छ । उनीहरुविरुद्ध राज्यविरुद्धको, ठगी र संगठित अपराध गरी तीन खालका मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ। अध्ययन प्रतिवेदनअनुसार  १६ जना अझै फरार रहेका छन्। 

अहिले प्रहरी हिरासतमा पूर्वप्रधानमन्त्री टोपबहादुर रायमाझी, उहाँका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उहाँका सहयोगी नरेन्द्र केसी, इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा छन्।

यस्तै केशव दुलाल, सानु भण्डारी र टंक गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ।