काठमाडाैं – नेकपा एमालेका सचिव एवं सांसद् याेगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई सदनबाटै जवाफ दिनुभएकाे छ।
आज बसेकाे प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद् भट्टराईले पछ्याैटे दिमागले देश नबन्ने र देश बनाउन अग्रगामी दिमाग चाहिने बताउनुभयाे। उहाँले भन्नुभयो, ‘देश बनाउन अग्रगामी दिमागसँगै सपना चाहिन्छ । त्यो नेकपा एमाले नेतृत्वसँग छ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि विकासकाे भाष्य बदलिएकाे स्पष्ट पार्दै सांसद् भट्टराईले पाकाे हुँदैमा कुण्ठाले देश नबन्ने बताउनुभयाे। त्यसअघि सदनमा बाेल्नुभएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केपी ओलीकाे आलाेचना गर्नुभएकाे थियाे । भट्टराईले नेपालकाे नाम नलिइ जवाफ फर्काउनुभएकाे हाे ।
नेकपा एमालेले इतिहासमा तीन महत्वपूर्ण काम गरेकाे भन्दै उहाँले तीनै कामकाे जगमा देश अगाडि बढिरहेकाे बताउनुभयाे। उहाँले भन्नुभयो, ‘विकासमाथि केन्द्रमा बस्ने मानिसकाे इच्छाअनुसार हाेइन जनताकाे सहभागितामा हुन्छ भनेर ‘आफ्नाे गाउँ आफैं बनाऔं’ भन्ने अवधारणा ल्याऔं, जसले ग्रामिण क्षेत्रमा विशेषगरी त्यहाँबाट जग अगाडि बढेकाे छ। राज्य भनेकाे ठूला बडाकाे हाे भन्ने अवधारणालाई हामीले ताेड्याैं, राज्य भनेकाे अशक्त र असाहयकाे निम्ति पनि हाे उनीहरुलाई सहयाेग गर्नुपर्छ भनेर सामाजिक सुरक्षा कार्यक्रम ल्याऔं । ज्येष्ठ नागरिक भत्ताकाे थालनी गर्याैं र राज्यकाे भाष्य बदल्याैं, जब केपी शर्मा ओली प्रधानमन्त्रीमा आउनुभयाे हामीले विकासकाे भाष्य बदल्याैं ।’
एमालेले बदलेकाे विकासकाे भाष्यमाथि बहस गर्न चुनाैती दिँदै उहाँले यसका लागि काेही तयार हुनै नसक्ने बताउनुभयाे। उहाँले भन्नुभय, ‘तपाईंहरु त्याे विकासकाे भाष्यमा बहस गर्न तयार हुनुहुन्न, अनि भएका काम गलत भए भनेर इतिहासलाई उल्टाे फर्काउँदै हुनुहुन्छ, पछ्याैटे दिमागसँग मेराे भन्नु केही छैन, पछ्याैटे दिमागले देश बन्न सक्दैन, अग्रगामी दिमाग चाहिन्छ, उमेर पाकाे हाेला कुण्ठाले देश बन्दैन सपनाले देश बन्छ।’
विकासमाथि केन्द्रमा बस्ने मानिसकाे इच्छाअनुसार हाेइन जनताकाे सहभागितामा हुन्छ भनेर ‘आफ्नाे गाउँ आफैं बनाऔं’ भन्ने अवधारणा ल्याऔं, जसले ग्रामिण क्षेत्रमा विशेषगरी त्यहाँबाट जग अगाडि बढेकाे छ। राज्य भनेकाे ठूला बडाकाे हाे भन्ने अवधारणालाई हामीले ताेड्याैं, राज्य भनेकाे अशक्त र असाहयकाे निम्ति पनि हाे उनीहरुलाई सहयाेग गर्नुपर्छ भनेर सामाजिक सुरक्षा कार्यक्रम ल्याऔं । ज्येष्ठ नागरिक भत्ताकाे थालनी गर्याैं र राज्यकाे भाष्य बदल्याैं, जब केपी शर्मा ओली प्रधानमन्त्रीमा आउनुभयाे हामीले विकासकाे भाष्य बदल्याैं।
एमालेले विकास र समृद्धिकाे क्षेत्रमा अभूतपूर्व काम गरेकाे भन्दै उहाँले सम्पन्न गरेका विकासका आयाेजना सञ्चालन गर्न नसक्नु अहिलेकाे सरकारकाे असफलता भएकाे समेत बताउनुभयाे । सांसद् भट्टराईले भन्नुभयाे, ‘गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पाेखरा विमानस्थल बनाउनु गल्ती थिएन, त्यसलाई व्यवसायिक ढंगले प्रतिफल प्राप्त हुनेगरी सञ्चालन गर्न नसक्नु याे सरकारकाे असफलता हाे, भारतसँग हवाई सम्झाैताअनुसार हवाईमार्ग प्राप्त गर्न सक्ने कूटनीतिक ल्याकत नराख्नु गाैतमबुद्ध र पाेखरा विमानस्थलकाे दाेष हाेइन ।’
सरकारकाे नीति तथा कार्यक्रमकाे कुनै स्पष्ट उद्देश्य र गन्तव्य नभएकाे पनि उहाँले बताउनुभयाे । उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रममा स्पष्ट दिशानिर्दिष्ट भएकाे छैन हामी कहाँ जाँदैछाैं, आजका संकटकाे समाधान केहाे ? आर्थिक संकटकाे समाधान के हाे ?’ तथ्यांक कार्यालयले निकालेका निष्कर्षकाे झल्काे नीति तथा कार्यक्रममा नदेखिएकाे उहाँले बताउनुभयाे ।






प्रतिक्रिया