अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने 

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने 


काठमाडौँ–प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक संघीय संसद् नयाँबानेश्वारमा आज बिहान ११ बजे बस्ने भएको हो।

बैठकमा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि  छलफल हुनेछ । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो ।

नीति तथा कार्यक्रममाथि जेठ ७ गतेदेखि छलफल सुरु भएको थियो ।