अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभामा बैठक : नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने   

राष्ट्रियसभामा बैठक : नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने   


काठमाडौँ-राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । 

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसपछि तीन दिन उक्त नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा छलफल भएको थियो । 

प्रधानमन्त्री प्रचण्डले आज जवाफ दिएपछि राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ । प्रतिनिधिसभामा भने नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।