अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका सबै जनवर्गीय संगठनका पदाधिकारीको बैठक आज,अध्यक्ष ओलीले सम्बोधन गर्ने

एमालेका सबै जनवर्गीय संगठनका पदाधिकारीको बैठक आज,अध्यक्ष ओलीले सम्बोधन गर्ने


काठमाडौं – जनवर्गीय संगठनहरुको महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेले आज पदधिकारीहरुको बैठक राखेको छ ।
दिउसो १ बजे पार्टी कार्यलय च्यासलमा हुन बैठकमा २३ वटै जनसंगठनका अध्यक्ष सहित पदाधिकारी र आयोगका अध्यक्षहरु सहभागी हुनेछन् । बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेका निर्णय र पास गरेका प्रस्तावलाई सबै जनसंगठनहरुले अपनत्व लिएर त्यसै अनुसारका कार्ययोजना बनाउन निर्देशन गरिनेछ । बैठकमा सबै जनसंगठनका अध्यक्षहरुले हालसम्म गरेका कामहरुको प्रगति विवरण पनि पेश गर्नेछन् । बैठकलाई उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेले पनि निर्देशनात्मक सम्बोधन गर्नुहुनेछ । बैठकमा जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले एक वर्षमा सम्पन्न भएका जनसंगठनका महाधिवेशनहरुको प्रतिवेदन भिडियो रिर्पोट मार्फत प्रष्तुत गर्ने कार्यक्रम रहेको छ ।