अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आरजु र मञ्जुमाथि छानबिन नभएको भन्दै महासचिव पोखरेलको आपत्ति

आरजु र मञ्जुमाथि छानबिन नभएको भन्दै महासचिव पोखरेलको आपत्ति


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका सांसद आरजु राणा देउवा र मञ्जु खाणमाथि छानबिन नगरेको भन्दै आपत्ति जनाउनुभएको छ । आज बिहान सामाजिक सञ्जालमा आरजु र मञ्जु लक्षित गरी लेख्दै उहाँले पीडितसँगको संवादका क्रममा अभियुत्तहरुले नाम लिएका अडियो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुँदा पनि छानबिन नभएको भन्दै आपत्ति जनाउनु भएको हो । 

यसअघि आरजु र मञ्जुलाई पैसा दिएको अडियो सार्वजनिक भएको थियो । महासचिव पोखरेलले सत्तापक्षको निर्देशनमा प्रहरीले अनुसन्धान प्रतिवेदन हतारमा बुझाएको आरोप समेत लगाउनु भएको छ । 

उहाँले लेख्नुभएको छ,’पीडित भनिएकाहरूले सार्वजनिक गरेका र पीडितसँगको संवादका क्रममा अभियुक्तहरूले नै नाम लिएका अडियो(भिडियो सामाजिक सञ्जालमा छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको प्रक्रियामा नै नल्याइकनै सत्तापक्षको निर्देशन अनुरूपको अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का रूपमा तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाइएको कुरा सार्वजनिक हुँदा सुरुदेखिनै गरिएको आशंकालाई पुष्टि गरेको छ ।’

महासचिव पोखरेलले संवेदनशील र गम्भीर अपराधका विषयमा गरिएको कमजोरीको जति आलोचना गरेपनि कम हुने उल्लेख गर्नुभएको छ ।