अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 घट्यो सुनचाँदीको मूल्य

 घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ-आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजोको तुलनामा सुनको मूल्य घटेको जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ७०० रुपैयाँ कायम छ । 

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । महासंघले आज तोलामा १० रुपैयाँले घटेर चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम छ ।