काठमाडौँ-प्रतिनिधिसभा सदस्य रघुजी पन्तले कक्षा-१० को नेपाली पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा आपत्ति जनाउनु भएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उहाँले डा. रुइतका कारण देशको इज्जत बढेको र सोहीअनुसार रुइतको जीवनी पढाउन उचित भएर पाठ्यक्रममा राखिए पनि हटाइएकाले शिक्षामन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो। उहाँले भन्नुभयाे, ‘कक्षा-१० काे नेपाली पाठ्यक्रमबाट राखिएकाे डा. सन्दुक रुइतकाे बारेमा लेखिएकाे ८ पृष्ठकाे जीवनी हटाइएकाे छ। त्यसलाई अरु के-के मा राखियाे, डा. रुइतका कारण हाम्राे देशकाे इज्जत बढेकाे छ। त्याे जीवनी पढाउन आवश्यक भएर राखिएकाे थियाे, किन हटाइयाे ? म शिक्षामन्त्रीबाट यसकाे स्पष्ट जवाफ चाहान्छ ?’
सांसद् पन्तले कालिकाेटकाे पचालझरना गाउँपालिकाकाे स्थानीय पाठ्यक्रममा जनयुद्धसम्बन्धी सकारात्मक प्रभाव दिने विषयवस्तु राखिएकाेमा पनि आपत्ति जनाउनुभयाे। उहाँले भन्नुभयाे, ‘कालिकाेटकाे पतालझरनामा जहाँ प्रधानमन्त्रीकाे पार्टीले चुनाव जितेकाे छ, त्यहाँ ६ देखि ८ कक्षासम्मकाे पाठ्यक्रममा सशस्त्र द्वन्द्व माओवादी जनयुद्धबारे सकारात्मक प्रभावबारे विभिन्न अध्याय काेर्सबुकमा राखिएकाे छ, याे काम कसैले नगराैं।’
प्रतिक्रिया