अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नीति तथा कार्यक्रम संघीयता विरोधीः अध्यक्ष राउत

नीति तथा कार्यक्रम संघीयता विरोधीः अध्यक्ष राउत


काठमाडौं – जनमत पार्टीका अध्यक्ष तथा सांसद डा‍. चन्द्रकान्त राउतले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम संघीयता विरोधी भएको बताउनुभएको छ। 

मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संघीयता विरोधी भएको बताउनुभएको हो। 

उहाँले नीति तथा कार्यक्रममा जम्मा तीन पटक मात्रै संघीयताको उल्लेख गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले प्रदेश प्रहरी, कर्मचारी समायोजन लगायतका संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयलाई ठोस रुपमा सम्बोधन गर्ने पहल गर्नुपर्ने बताउनुभयो।

उहाँले पाँच लाख रोजगारी, प्रत्येक पालिकामा एक–एक वटा शीतगृह, कृषि भण्डारण केन्द्र, एक टोल एक सामूहिक कृषि, उत्पादन नीति, सामूहिक खेती प्रणालीको लक्ष्य सरकारले लिनु भने राम्रो भएको बताउनुभयो। 

उहाँले मधेस प्रदेशलाई विशेष प्रदेश घोषणा गर्दै विशेष ‘रेस्क्यू प्याकेज’ घोषणा गर्न माग गर्नुभयो।