अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दक्षिणपन्थी र सांगठनिक अराजकतालाई परास्त गरौं: अध्यक्ष ओली

दक्षिणपन्थी र सांगठनिक अराजकतालाई परास्त गरौं: अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र सांगठनिक अराजकतालाई परास्त गर्नुपर्ने बताउनु भएको छ।

मंगलबार काठमाडौंमा आयोजित जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा अस्थिरता, अन्योल र अविश्वास बढेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभय, ‘दक्षिणपन्थी अराजकतावाद र सांगठनिक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्ग दर्शनमा समाजवादमा आधार निर्माण गरिने छ। यो गर्न सजिलो छैन यो पूरा गर्नुपर्छ । सैद्धान्तिक प्रस्तावलाई जटिल होइन जनबोलीमा सहजढंगले समृद्धि नेपाल सुखी नेपालीको नारा ल्याएका हौं। यो देश बनाउने गन्तव्य हो। हाम्रो पार्टी सबै तहका संगठन र कार्यकर्ताहरु लामबद्ध बनाउनु पर्ने छ।’ 

पार्टीको नेता पदले नभई क्षमताले हुने उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘भोटा फटाएको भरमा नेता हुने भन्ने हुँदैन। क्षमताले नेता हुने हो। क्षमताले नेता हुन सबैले साबित गर्नुपर्छ ।’

दक्षिणपन्थी अराजकतावाद र सांगठनिक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्ग दर्शनमा समाजवादको आधार निर्माण गर्नुपर्नेमा उहाँले जाेड दिनुभयो ।