अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हामीलाई हुँडारले जस्तै जिउँदै खाएर सिध्याउन खोजियो: अध्यक्ष ओली

हामीलाई हुँडारले जस्तै जिउँदै खाएर सिध्याउन खोजियो: अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई हुँडारले जस्तै जिउँदै खाएर सिध्याउन खोजिएको टिप्पणी गर्नु भएको छ।

मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चार होइन दशतिरबाट टोकेर सिध्याउन  खोजिएको बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीलाई यो दुई वर्षमा धेरै भयानक हमला गरियो। चारै दिशाबाट मात्रै हैन दसै दिशाबाट हामीमाथि तीव्र हमला भयो हामीलाई सिध्याउन दसैँ दिशाबाट हमला भयो । तलमाथि, वरपर, पूर्वपश्चिम, उत्तरदक्षिण कुनाकुना कतै बाँकी नराखेर चौतर्फी हमाल भयो।  हुँडारको बथान जस्तो कसैले खुट्टा टोक्छ, कसैले हात टोक्छ, कसैले टाउकोतिर टोक्छ। कोही हीही गरेर कराएर झम्टिए । जिउँदै खाएर सिद्याउन खोजियो ।’ 

अध्यक्ष ओलीले पार्टी ध्वस्त पार्ने, चल्न नदिने, गति ल्याउन नदिने, पार्टी नीति र नेतृत्वप्रति अनास्था जगाउने परास्त भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘पार्टीमै बसेर पार्टीप्रतिको निष्ठा ध्वस्त पार्ने र आस्था भंग गर्नेहरु निस्किएर गए ।’ 

ओलीले यो परिस्थितिले पार्टीलाई शुद्धीकरण गर्न ठूलो मौका मिलेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले पार्टी सम्पूर्ण रूपमा शुद्धीकरण भयो भन्दिन । मूलभूत रूपमा शुद्धीकरण भयो । शुद्धीकरण भएर मजबुतका साथ पार्टीलाई यहाँसम्म ल्याएका छौं ।’