अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुलालको बयान प्रतिशोधपूर्ण : राजेश बज्राचार्य

दुलालको बयान प्रतिशोधपूर्ण : राजेश बज्राचार्य


काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालको बयान प्रतिशोधपूर्ण भएको बताउनुभएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएर ठगी गरेको प्रकरणमा पक्राउ परेका दुलालले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीसँगको बयानमा बज्राचार्यलाई बालुवाटारमै गई १ करोड रुपैयाँ बुझाएको बयान दिएको सार्वजनिक भएको थियो ।

बज्राचार्यले दुलाललाई आफूले चिन्दै नचिनेको भन्दै बयानको विवरणमाथि नै आशंका गर्नुभयो । ‘नक्कली भुटानी शरणार्थी बनाउने खेलसँग हाम्रो कुनै सम्बन्ध छैन,’ बज्राचार्यले भन्नुभयो, ‘किन केशवले अनावश्यक ढंगले मलाई पोल्ने काम गरेका छन् । यो उनको नियत हो या राजनीतिक प्रतिशोध मैले बुझ्न सकेको छैन ।’

बज्राचार्यले दुलालको बयानको निष्पक्ष छानबिन गर्न चुनौती समेत दिनुभएको छ ।