काठमाडौँ-आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा दिउसो ४ बजे उक्त संयुक्त बैठक बस्न लागेको हो ।
सङ्घीय संसद् सचिवालयका अनुसार संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने कार्यसूची छ ।
प्रतिनिधिसभा बैठक भने आज बिहान ११ बजे बस्नेछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ ।






प्रतिक्रिया