काठमाडौँ-नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथग्रहण आज हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजो जसपाबाट वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीलाई नियुक्त गरेका थिए ।
उनीहरूको शपथग्रहण आज बिहान ९ः५० मा राष्ट्रपति कार्यालयले जनाएको छ । योसँगै प्रधानमन्त्री प्रचण्डको २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।






प्रतिक्रिया