काठमाडौँ–एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज भारतसँग खेल्दै छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपालले भारतको सामना गर्न लागेको हो । नेपाल र भारतबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
नेपाल आज लगातार तेस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।
प्रतिक्रिया