अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जलनका घटनाका विषय पाठ्यपुस्तकमा राखौं: चन्द्र भण्डारी

जलनका घटनाका विषय पाठ्यपुस्तकमा राखौं: चन्द्र भण्डारी


काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले आगलागी जलनका घटनाबारे पाठ्यपुस्तकमा राख्नुपर्ने बताउनु भएको छ।

बुधबार प्रतिनिधि सभाको बैठकमा आफू गत पौष ३ गते आगलागीमा परेका घटनाको बारेमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो।

सांसद भण्डारीले भन्नुभयो, ‘मैले जस्तो घटना धेरै नेपालीले भोगिरहनु परेको छ। गत वर्ष ११० जनाले मृत्युवरण गर्नुभएको थियो। अहिलेको वर्षमा एक दुई दिन बाहेक मेरो आमा थपिँदा १११ पुगेको थियो। यो जलन केश देशभरि फैलिएको छ। हामीले जसरी विज्ञानको विकास गर्‍यौँ, गाउँ गाउँमा ग्याँस पुग्यो, गाउँ गाउँमा बिजुली पुग्यो, गाउँ गाउँमा बस पुग्यो गाडीहरू गए । तर हामीले के गर्नु हुन्छ के गर्नु हुँदैन हामीले पाठ्यपुस्तकमा पनि राख्न सकेनौँ ।’

उहाँले स्कुल जाँदा बाटो कसरी काट्ने वा ग्यास कसरी बाल्ने वा बिजुली कसरी बाल्ने भनेर अरु देशमा बच्चाले किताबमा पढ्न पाउने बताउँदै  हाम्रा विज्ञहरू, पाठ्यक्रम निर्माताहरू कसैलाई पनि यसबारेमा ध्यान नदिएको उहाँले बताउनुभयो ।