अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेप्से परिसूचक १६।४९ अंकले वृद्धि

नेप्से परिसूचक १६।४९ अंकले वृद्धि


काठमाडौं-शेयर बजार मापक नेप्से परिसूचक १६.४९ अंकले वृद्धि भएको छ। पछिल्लो एक सातादेखि लगातार रुपमा उकालो लागेको नेप्से बुधवार पनि निरन्तरता पाएको छ। बुधवार नेप्से परिसूचक १६.४९ अंक बढेर १९५९.१२ बिन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.५८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंकले बढेको छ।
बुधवार कारोबारमा आएका २७० कम्पनीको ४८ लाख ६५ हजार कित्ता शेयर १ बर्अ ८७ करोड ३० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचक बढेपनि बुधवार कारोबार रकम भने सामान्य घटेको छ। मंगलवारको कारोबारमा  २ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो। नेप्सेका १३ उपसमू्ह उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.६९ प्रतिशत, होटल तथा प्रशोधन उपसमूहको परिसूचक करिव साढे ४ प्रतिशत र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको ।