अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन कारणले म नीति तथा कार्यक्रमलाई समर्थन गर्न सक्दिन : एलपी साँवा

तीन कारणले म नीति तथा कार्यक्रमलाई समर्थन गर्न सक्दिन : एलपी साँवा


काठमाडौं -प्रतिनिधीसभाका सदस्य एलपी साँवाले सरकारले ल्याएको नीति कार्यक्रम तीन कारणले समर्थन गर्न नसक्ने बताउनुभएको छ ।
प्रतिनिधीसभाको आजको बैठकलाई सम्बोधन गर्दै साँसद साँवाले सरकारले ल्याएको स्वास्थ्य सम्बन्धी नीति वास्तविक धरातलमा नभएको बताउनुभएको छ । सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने भनेको छ नीति तथा कार्यक्रममा तर यो वास्तविकतामा आधारित नभएको साँवाको भनाइ छ । ‘हामीले संघीय नेपालका दुईजना पूर्व राष्ट्रपतिलाई नेपालमा उपचार गर्न सकेनौ,एकजनालाई जापान पठाउनु पर्यो अर्कोलाई इण्डिया पठायौं’ साँवाले भन्नुभयो ‘यो स्थितीले हाम्रो समग्र स्वास्थ्य सेवालाई प्रतिविम्ति गरेको छ ।’
‘यो नीति कार्यक्रमले आम नागरिकको स्वास्थ्य सेवाप्रतिको विस्वास र भरोसा जगाउन सकेको छैन त्यसैले यसप्रति मेरो समर्थन छैन’साँवाले भन्नुभयो ।
नेपाल सरकारले सन् २०४५ सम्ममा नेपाल सरकारले कार्बनमुक्त देश बनाउने प्रतिवद्धता जनाएको छ । त्यसका लागि जलविद्युत र सौर्य उर्जामा लगानी गर्नुपर्ने साँवाको सुझाव छ । तर नेपाल सरकारले अन्तराष्ट्रिय मञ्चमा जाहेर गरेको त्यो प्रतिवद्धतालाई प्राप्ती गर्ने गरीको नीति कार्यक्रम नआएकोले त्यसमा आफ्नो समर्थन नभएको साँवाले बताउनुभएको छ ।
नीति कार्यक्रममा ‘युवासँग सरकार हुने छैनन् बेरोजगार’ भन्ने कर्णप्रिय नारा त राखिएको तर त्यो वास्तविकतामा आधारित नभएको साँवाको भनाइ छ । स्वदेशमा रोजगारीको अवसर नभएको हुँदा पनि न्यून वेतन भएकोले सरकारको यो नारा पत्याउन नसकिने साँसद साँवाले बताउनुभयो । करिब ४५ लाख वैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेशमा रोजगारीमा उपलब्ध गराउने सरकारको नीति र कार्यक्रम नआएकोले नीति कार्यक्रममा आफ्नो समर्थन नरहेको साँवाले बताउनुभयो ।