सुर्खेत । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट- ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जना रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।
सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु१ज १७४७ नम्बरको जिप दुर्घटना भएको बताइएको छ ।
यस्तै घटनामा परी १० जना घाइते भएका छन् । जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ भने दुर्घटनाको कुनै कारण खुल्न सकेको छैन।





प्रतिक्रिया