अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङमा जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

दाङमा जीपको ठक्करबाट शिक्षिकाको मृत्यु


दाङ-दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ। मृत्युहुनेमा तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो।

जीपको ठक्करबाट सख्त घाइते हुनुभएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो।

आज बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नं को जीपले सोही दिशातर्फ गइरहेको रा ७ प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण गाउँपालिका-५ कमलगढीमा ठक्कर दिएको हो। शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउनुहुन्थ्यो । उहाँलाई विद्यालयमा जाने जाने क्रममा जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ।