अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

३५ किलो चाँदीसहित तीन जना पक्राउ

३५ किलो चाँदीसहित तीन जना पक्राउ


विराटनगर – विराटनगरमा सुन चाँदी चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । मोरङ प्रहरीले विराटनगरबाट पक्राउ पर्नेको साथबाट चोरी गरेको ३५ केजी चाँदीका गरगहना बरामद गरेको हो।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिकाऔ१२ वस्ने वर्ष २१ को राज कुमार कामत, वर्ष १९ को विवेक कामत र वर्ष २२ को श्रीकान्त दास रहेका छन्।

सुन, भारु २५०० नेपाली रुपैयाँ एक हजार ७३० र दुई थान मोबाइल बरामद गरेपनि २० तोला सुन उनीहरूले यसअघि नै भारतीय बजारमा लगेर बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।