अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

 म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

 म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट


काठमाडौँ-इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीलाई ४-१ गोलले पराजित गर्दै म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ।

बिहीबार राति भएको खेलमा युनाइटेडको जितमा कासेमिरोले छैटौं मिनेटमा पहिलो गोल गरे।

पहिलो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा मार्सियलले अग्रता दोब्बर पारे। ब्रुनो फर्नान्डेजले ७३ मिनेटमा पेनाल्टी र रास्फोर्डले ७८ मिनेटमा अर्को गोल गरेसँगै युनाइटेड फराकिलो अन्तरको जिततर्फ अघि बढ्यो।

चेल्सीका लागि जोआओ फेलिक्सले ८९ मिनेटमा गोल गरे। 

जितसँगै अन्तिम खेलअघि ७० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको युनाइटेडको शीर्ष चारमा स्थान पक्का भएको हो।

युनाइटेडले शीर्ष चारमा स्थान पक्का गरेसँगै लिभरपुलको च्याम्पियन्समा छनोट हुने सम्भावना सकिएको छ। उसले अब युरोपा लिग खेल्नेछ।-एजेन्सी