अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको नाराबाजी र विरोधपछि संसद् बैठक स्थगित

एमालेको नाराबाजी र विरोधपछि संसद् बैठक स्थगित


काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

वेल घेराउ गरेर एमाले सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका हुन्। 

सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरूले संसद चल्न नदिने अडान लिएका थिए।

एमाले प्रमुख सचेतक पदम गिरीले सत्ता पक्षले गम्भीर आरोप लगाएको भन्दै त्यसबारे प्रष्ट नहुन्जेल संसद अघि बढ्न नदिने उल्लेख गर्नुभयो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्तापक्षबाट बिनाआधारका एकपछि अर्को आरोप आउने काम भएको भन्दै आपत्ति जनाउनु भयो ।