अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२०८४ को निर्वाचनमा वडादेखि केन्द्रसम्म ५१ प्रतिशत बढी मत हुनुपर्ने पार्टीको नीति छ: अध्यक्ष ओली

२०८४ को निर्वाचनमा वडादेखि केन्द्रसम्म ५१ प्रतिशत बढी मत हुनुपर्ने पार्टीको नीति छ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा हुने निर्वाचनमा नेकपा एमालेले हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी प्रतिनिधित्व हुने दाबी गर्नुभएको छ।

स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजना गरिएको अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो।

अध्यक्ष ओलीले वडादेखि केन्द्रसम्म ५१ प्रतिशत बढी भए हरेक ठाउँमा निर्वाचन जित्न सकिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सबै सूचना ज्ञान हुँदैन। सूचनालाई विषयगत रुपमा व्यवस्थित गर्यौं भने त्यो ज्ञान हुन्छ। २०८४ को चुनावमा हाम्रो पार्टीले लिएको नीति भनेको हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी हुनुपर्छ । छवडामा, टोलमा, भोटमा सिटमा हरेक ठाउँमा। वडा सदस्यदेखि लिएर पालिका अध्यक्ष उपाध्यक्ष लगायत ५१ प्रतिशत भन्दा माथि छौं भने हरेक ठाउँमा जित्न सक्छौं।’