अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद अवरोध एमालेले होइन, सरकारले गरेको हो: महेश बर्तौला

संसद अवरोध एमालेले होइन, सरकारले गरेको हो: महेश बर्तौला


काठमाडौं – नेकपा एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद चलाउन नचाहेको बताउनु भएको छ।

शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले संसद बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताउनु भएको हो।

उहाँले राज्यको सम्पत्ति कति छ भन्नेकुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पत्ति कहाँ कति छ भन्नेकुरा बताउन नसकेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘यो अवरोध सरकारले गरेको हो। सरकारलाई सोध्नुहोस्। हामीले मुद्दा उठायौँ। सरकारले के थाहा पाउनुपर्छ भने यो देशमा राज्यको सम्पत्ति कति छ ? सरकार सबै बेखबर। किनकी यो सरकार आफैँ चलिराखेको छैन। यो सरकार परनिर्भर छ। यहीँबाट देखिन्छ, आफ्नो देशको सम्पत्ति कहाँ कति छ भन्नेकुरा बताउन सक्दैन? यति बताउन सामथ्र्य नरहने सरकार यो सदन चलाउने कुरामा जिम्मेवार नै छैन।’

आफूहरुले संसदमा उठाएको कुरा सम्बोधन नभएकोले सरकार सदनप्रति जिम्मवार नभएको सचेतक बर्तौलाले बताउनु भयो। उहाँले भन्नुभयो, ‘सदन छोडेर गइसक्नु भयो। सरकार सदनप्रति जिम्मेवार छैन। आजको संसदको प्रक्रिया सरकारले अवरुद्ध गर्यो। हामीले विषय उठाएका कुरामा सम्बोधन गर्न तयार भएन। हामी फेरि पनि आग्रह गर्न चाहन्छौँ संसद छिटोभन्दा छिटो चल्ने अवस्था निर्माण होस्। हामीले उठाएको विषय देशलाई भन्दिओस्। सत्तापक्षको एउटा सांसदमार्फत देश, दुनियाँलाई भ्रममा राखिएको छ। त्यो कुरा के हो सरकारले भन्दिओस्। प्रष्ट पार्दिओस् आजै। त्यसपछि संसदीय प्रक्रिया अगाडि बढ्छ।’