अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवरुद्ध संसद खुलाउने विषयमा शिर्ष नेताबीच बालुवाटारमा छलफल

अवरुद्ध संसद खुलाउने विषयमा शिर्ष नेताबीच बालुवाटारमा छलफल


काठमाडौं -अवरुद्ध संसद खुलाउनका लागि प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदनलाई सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक पदम गिरी सहभागी छन्।

पशुपतिको जलहरीबारे माओवादीका सांसद लेखनाथ दाहालको अभिव्यक्तिको विरोधमा एमालेले शुक्रबार सदन अवरूद्ध गरेको थियो। हिजो संसद अवरुद्ध भएपछि आज संसद बोलाइएको छ । माओवादीले माफी नमागे आज पनि संसद अवरोध गर्ने एमालेले जनाएपछि प्रधानमन्त्री दाहालले छलफलमा बोलाएको हो । आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको बारेमा उठेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।