अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटार सहमती : प्रधानमन्त्रीले जलहरीबारे सम्बोधन गर्ने,एमालेले संसद अवरुद्ध नगर्ने

बालुवाटार सहमती : प्रधानमन्त्रीले जलहरीबारे सम्बोधन गर्ने,एमालेले संसद अवरुद्ध नगर्ने


काठमाडौं -नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिको जलहरीमा अनियमितता गरेको भन्ने आरोपको प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा खण्डन गर्ने प्रतिवद्धता जनाएपछि एमालेले संसद अवरोध नगर्ने भएको छ ।
आज बालुवाटारमा शिर्ष नेताहरुबीच यस्तो सहमती भएपछि अपरान्ह चार बजे संसदको बैठक सञ्चालन हुने वातावरण बनेको बैठकमा सहभागी एमालेका प्रमुख सचेतक पदम गीरीले जानकारी दिनुभयो ।

गीरीका अनुसार बैठकमा माओवादीका साँसद लेखनाथ दाहालले लगाएको उक्त आरोप आधारहिन भएको निष्कर्ष निकालिएको छ । प्रधानमन्त्रीले उक्त कुराको खण्डन गर्ने र संसदको रेकर्डबाट पनि त्यो आरोपलाई हटाउन प्रधानमन्त्री राजी भएपछि बैठकमा अवरोध नगर्न एमाले तयार भएको गीरीले बताउनुभयो ।
सरकारले पेस गरेको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहे पनि माओवादी सांसद लेखनाथ दाहालले बुधबार दिएको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गरेको हो ।

शुक्रबार पशुपतिको जलहरीमा अनियमितता भएको प्रश्न उठेपछि एमालेले संसद् अवरुद्ध गरेको थियो। सरकारले पेस गरेको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहे पनि माओवादी सांसद लेखनाथ दाहालले बुधबार दिएको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गरेको हो ।